logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक धमाधम कालोपत्रे हुँदै

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक धमाधम कालोपत्रे हुँदै


  • सोमबार, चैत्र २३ २०८२
  • 1K
    SHARES

    गोरखा: गण्डकी गाउँपालिकाभित्रको कुलवेशी–दलभन्ज्याङ–कौदी सडकखण्डमा कालोपत्रे कार्य तीव्र रूपमा अघि बढिरहेको छ। प्रिमिक्स कार्पेट प्रविधिबाट सञ्चालन भइरहेको सडक स्तरोन्नति अन्तर्गत बेस ओछ्याउने कार्य सम्पन्न भइसकेको छ भने प्राइम कोट तथा कालोपत्रे गर्ने काम जारी रहेको गाउँपालिकाले जनाएको छ।

    हालसम्म प्राइम कोटतर्फ करिब ५० प्रतिशत र कालोपत्रेतर्फ करिब ३० प्रतिशत काम सम्पन्न भएको छ। समग्र आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ। निर्माण कार्य यही गतिमा अघि बढे तोकिएको समयभन्दा अगावै सम्पन्न हुने अपेक्षा गरिएको छ।

    १.७ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि महादेव भैरवी कन्स्ट्रक्सन र धादिङ निलकण्ठ निर्माण सेवा जेभीसँग २०८२ मंसिर १२ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८३ जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

    आयोजनाको कुल लागत अनुमान २ करोड ३४ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षका लागि १ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय समपूरक अनुदानअन्तर्गत सञ्चालन भइरहेको यस आयोजनामा संघीय सरकार र गाउँपालिकाको ५०–५० प्रतिशत लागत साझेदारी रहेको छ।

    फिस्लिङबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडकअन्तर्गत कुलवेशीसम्म कालोपत्रे सम्पन्न भइसकेको छ। हाल कुलवेशीदेखि दलभन्ज्याङ हुँदै कौदीसम्म कालोपत्रे भइरहेको छ भने आगामी चरणमा कौदी–रानीस्वाँरा हुँदै फुजेल जोड्ने सडक पनि कालोपत्रे गरिने गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page