गोरखा: गण्डकी गाउँपालिका–१ मा किसानको आयआर्जन वृद्धि तथा पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘बाख्रा पैँचो कार्यक्रम’ अन्तर्गत किसानहरूलाई बाख्रा वितरण गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित १ लाख रुपैयाँ बजेटबाट सञ्चालन गरिएको कार्यक्रममा वडा नं. १ का ९ जना किसानलाई दुई/दुई वटाका दरले कुल १८ वटा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार), उपाध्यक्ष ललिता अधिकारी तथा वडा नं. १ का वडाध्यक्ष तोपमान गुरुङको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तिमिल्सिनाले कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनमार्फत किसानको आयस्तर वृद्धि गर्दै स्थानीय उत्पादन र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उपाध्यक्ष अधिकारीले यस्ता कार्यक्रमले किसानलाई उद्यमशील बनाउनुका साथै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
बाख्रा प्राप्त गरेका किसानहरूले कार्यक्रमप्रति गाउँपालिकाप्रति आभार व्यक्त गर्दै यसले आफ्नो जीविकोपार्जनमा सकारात्मक टेवा पुग्ने बताएका छन्।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण