logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

गण्डकी गाउँपालिकाको एसईई नतिजा : ६६.१५ प्रतिशत विद्यार्थी ग्रेडेड

गण्डकी गाउँपालिकाको एसईई नतिजा : ६६.१५ प्रतिशत विद्यार्थी ग्रेडेड


  • मंगलबार, बैशाख २९ २०८३
  • 1.5K
    SHARES

    गण्डकी गाउँपालिकाको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाअनुसार नियमिततर्फ ६६.१५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार नियमिततर्फ परीक्षामा सहभागी २६० विद्यार्थीमध्ये १७२ जना ग्रेडेड भएका हुन्।

    प्राविधिक धारतर्फ भने १० विद्यार्थीमध्ये ९ जना ग्रेडेड भएसँगै ९० प्रतिशत नतिजा हासिल भएको छ।

    विद्यालयगत नतिजाअनुसार श्री दिर्घेश्वर माध्यमिक विद्यालय, गण्डकी–४ ले ९५.२४ प्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेको छ। विद्यालयबाट सहभागी २१ विद्यार्थीमध्ये २० जना ग्रेडेड भएका छन्।

    त्यसैगरी श्री भैरवआश्रम माध्यमिक विद्यालय, गण्डकी–३ मा ८३.३३ प्रतिशत, श्री सूर्योदय माध्यमिक विद्यालय, गण्डकी–८ मा ८१.५२ प्रतिशत, श्री विजया भवानी माध्यमिक विद्यालय, गण्डकी–१ मा ७५ प्रतिशत, श्री तोमनडाँडा माध्यमिक विद्यालय, गण्डकी–६ मा ७०.९७ प्रतिशत तथा श्री ज्ञानमार्ग माध्यमिक विद्यालय, गण्डकी–७ मा नियमिततर्फ ६८.१८ प्रतिशत र प्राविधिकतर्फ ९० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

    यस्तै, श्री भगवती माध्यमिक विद्यालय, गण्डकी–५ मा ५३.३३ प्रतिशत, श्री भद्रकाली माध्यमिक विद्यालय, गण्डकी–६ मा ४६.६७ प्रतिशत, श्री ताङ्लिचोक माध्यमिक विद्यालय, गण्डकी–२ मा ४६.१५ प्रतिशत, श्री रत्नेश्वर माध्यमिक विद्यालय, गण्डकी–५ मा ४२.८६ प्रतिशत तथा श्री बालकी माध्यमिक विद्यालय, गण्डकी–६ मा २२.२२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

    गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा सिकाइ उपलब्धि सुधारका लागि आवश्यक कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page