गण्डकी गाउँपालिका नेपाल सरकारद्वारा गरिएको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा गोरखा जिल्लाभित्र दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानका आधार निर्धारण गर्न गरिएको कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी गाउँपालिकाले ६९.०१ अंक प्राप्त गरेको हो।
मूल्याङ्कन परिणामअनुसार गोरखा नगरपालिकाले ७४.३३ अंकसहित जिल्लामा पहिलो स्थान हासिल गरेको छ भने अजिरकोट गाउँपालिकाले ६७.६० अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार)ले कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त उपलब्धिले गाउँपालिकाले सुशासन, सेवा प्रवाह, विकास निर्माण तथा संस्थागत सुधारका क्षेत्रमा गरेका प्रयासको सकारात्मक प्रतिफल देखिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।
गण्डकी गाउँपालिकाले आगामी वर्षहरूमा पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह