गोरखाको अजिरकोट गाउँपालिकामा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सुरु भएको छ। बिहीबारदेखि सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष दीपक देवकोटाले गरेका हुन्।
बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तालिममा उक्त पदमार्ग सञ्चालनका लागि आवश्यक कार्ययोजना निर्माण, व्यवस्थापन र प्रचारप्रसारका विषयमा सहजीकरण गरिनेछ।
तालिममा गोरखाका अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका साथै लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष तथा सम्बन्धित शाखाका प्रमुखहरूको सहभागिता रहेको छ।
नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको दिगो पर्यटन परियोजना (STP) तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) को संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा पर्यटन क्षेत्रका विज्ञ, परियोजना प्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको छ।
बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलमार्फत बुद्ध हिमाल, हिमालचुली, मनास्लु हिमश्रृङ्खला तथा उच्च हिमतालहरूलाई समेटेर नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन, पुराना पदमार्ग तथा सांस्कृतिक रुटको संरक्षण, ट्रेल सुधार, पुल र सिँढी निर्माण, फोहोर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण तथा जोखिमयुक्त क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा