logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

अजिरकोटमा स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

अजिरकोटमा स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • शुक्रबार, असोज २ २०८२
  • 0.7K
    SHARES

    अजिरकोट गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    गाउँपालिकाको आयोजना तथा स्वास्थ्य बीमा बोर्ड, गोरखाको सहआयोजनामा आयोजित कार्यक्रममा गाउँ कार्यपालिकाका पदाधिकारी, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य बीमा दर्ता सहयोगीलगायत करिब ३० जनाको सहभागिता रहेको थियो।

    कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले स्वास्थ्य बीमाको आवश्यकता, उद्देश्य, सेवा तथा नागरिकले प्राप्त गर्ने सुविधाबारे सहजीकरण गरेका थिए। त्यसैगरी स्वास्थ्य बीमा बोर्ड, गोरखाका प्रमुख रमेश कुमार घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाह र नागरिक सहभागिताका विषयमा जानकारी गराएका थिए।

    हाल अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको पहुँच विस्तार गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्यका विषयमा समेत अभिमुखीकरण गरिएको थियो।

    गाउँपालिका उपाध्यक्ष अनिता भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page