logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

गोरखा नगरपालिकाले युवाका लागि सिपमूलक तालिम सञ्चालन गर्ने

गोरखा नगरपालिकाले युवाका लागि सिपमूलक तालिम सञ्चालन गर्ने


  • शुक्रबार, चैत्र १३ २०८२
  • 1.2K
    SHARES

    गोरखा नगरपालिकाले बेरोजगार युवालाई लक्षित गर्दै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्ने भएको छ। पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालिको समन्वयमा तालिम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

    तालिमअन्तर्गत सिकर्मी तथा सटरिङ, डकर्मी–प्लम्बर तथा स्टिल फिक्स्चर, इलेक्ट्रोनिक्स तथा मोबाइल मर्मत र बेसिक तथा एडभान्स इलेक्ट्रिकल विषयमा प्रशिक्षण प्रदान गरिनेछ। बेसिक तथा एडभान्स इलेक्ट्रिकल तालिमको अवधि ६ महिना तथा अन्य तालिमको अवधि ४ महिना रहनेछ।

    नगरपालिकाले सिकर्मी तथा सटरिङ र डकर्मी–प्लम्बर तथा स्टिल फिक्स्चर तालिमका लागि १०/१० जना सहभागी छनोट गर्नेछ। यी तालिमका लागि साधारण लेखपढ गर्न सक्ने, १७ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवाले आवेदन दिन सक्नेछन्।

    त्यसैगरी इलेक्ट्रोनिक्स तथा मोबाइल मर्मत र बेसिक तथा एडभान्स इलेक्ट्रिकल तालिमका लागि २/२ जना सहभागी छनोट गरिनेछ। यी तालिमका लागि कक्षा ८ उत्तीर्ण गरी १७ वर्ष पूरा भई २७ वर्ष ननाघेका युवाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    तालिममा छनोट भएका सहभागीलाई निःशुल्क खान–बस्नको सुविधा, आउने–जाने बसभाडा तथा प्रतिमहिना एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। तालिम आगामी वैशाख २५ गतेदेखि पोखरामा सञ्चालन हुनेछ।

    तालिममा सहभागी हुन इच्छुक युवालाई आवश्यक कागजातसहित चैत मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्न गोरखा नगरपालिकाले अनुरोध गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page