गोरखा नगरपालिकाले महिलाको सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले एक महिने बेकरी तालिम सञ्चालन गरेको छ।
उपप्रमुख सबल नेतृत्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा नगरपालिकाका १४ वटै वडाबाट छनोट भएका ६० जना महिलाको सहभागिता रहेको छ। तालिममार्फत सहभागीलाई बेकरी उत्पादन, खाद्य स्वच्छता, गुणस्तर व्यवस्थापन तथा व्यावसायिक रूपमा बेकरी व्यवसाय सञ्चालनसम्बन्धी सीप प्रदान गरिनेछ।
तालिमको उद्घाटन मंगलबार आयोजित एक कार्यक्रमबीच गरिएको हो। कार्यक्रम उपप्रमुख सबल नेतृत्व कार्यक्रमकी सदस्य सावित्रा पुलामी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।
नगरपालिकाले तालिमबाट महिलामा उद्यमशीलताको विकास भई स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना हुने विश्वास व्यक्त गरेको छ। साथै प्राप्त सीपलाई व्यावसायिक रूपमा उपयोग गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहभागीहरूलाई प्रेरित गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान