गोरखा । गोरखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित योजना तथा कार्यक्रमको कार्यान्वयन, अनुगमन र भुक्तानी प्रक्रियालाई निरन्तरता दिन सार्वजनिक बिदाका दिन पनि सम्बन्धित शाखाबाट सेवा प्रवाह गर्ने भएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार असार २० र २१ गते सार्वजनिक बिदा रहे पनि पूर्वाधार विकासतर्फ उपभोक्ता समिति तथा ठेकेदारमार्फत सम्पन्न भएका योजनाको मूल्यांकन, अनुगमन तथा भुक्तानीसम्बन्धी प्रक्रिया नियमित रूपमा सञ्चालन हुनेछ।
यस अवधिमा वडा कार्यालयबाट रितपूर्वक सिफारिस भई आएका कागजातको आवश्यक प्रक्रिया पूर्वाधार विकास शाखा, योजना शाखा तथा लेखा शाखामार्फत निरन्तर अघि बढाइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आर्थिक वर्षको अन्त्यसँगै नेपाल सरकारको विद्युतीय भुक्तानी प्रणालीमा अत्यधिक चाप पर्ने भएकाले सम्बन्धित सबै उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सरोकारवालालाई आवश्यक बिल, भरपाई तथा अन्य कागजात तोकिएको समयभित्र नै पेश गर्न आग्रह गरेको छ।
निर्धारित समयभित्र आवश्यक कागजात पेश नगरी अन्तिम समयमा प्रणालीगत चापका कारण भुक्तानी प्रक्रिया प्रभावित भए वा भुक्तानी हुन नसके त्यसप्रति नगरपालिका जिम्मेवार नहुने नगरपालिकाले स्पष्ट पारेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान