logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

चुमनुब्री गाउँपालिकाले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने

चुमनुब्री गाउँपालिकाले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने


  • शुक्रबार, असार १९ २०८३
  • 1.8K
    SHARES

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भएका योजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने भएको छ।

    गाउँ कार्यपालिकाको कार्यालयले असार १९ गते जारी गरेको सूचनाअनुसार असार २० र २१ गते सार्वजनिक बिदा रहे पनि गाउँपालिकाको कार्यालय, पालिकाअन्तर्गतका वडा नं. १ देखि ७ सम्मका सबै वडा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाबाट नियमित रूपमा सेवा प्रवाह गरिनेछ।

    गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (७) मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त हुनुअघि भुक्तानी तथा लेखा सम्बन्धी कार्य समयमै सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुरूप सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।

    गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको भुक्तानी, लेखा अद्यावधिक तथा अन्य आवश्यक प्रशासनिक कार्य निर्धारित समयमै सम्पन्न गर्न यो व्यवस्था गरिएको हो।

    यस अवधिमा शाखा प्रमुख तथा सबै कर्मचारीलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न निर्देशन दिइएको छ।

    प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुका साथै आर्थिक वर्षको अन्त्यमा हुने कार्यचापलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने व्यवस्था गरिएको बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech