गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को योजना तथा कार्यक्रमको फरफारक र भुक्तानी प्रक्रियालाई समयमै सम्पन्न गर्न सार्वजनिक बिदाका दिनसमेत गाउँ कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने भएको छ।
गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार असार २० र २१ गते सार्वजनिक बिदा रहे पनि योजना तथा कार्यक्रमको फरफारक तथा भुक्तानीसम्बन्धी सेवा प्रवाहका लागि कार्यालय नियमित रूपमा सञ्चालनमा रहनेछ।
गाउँपालिकाले आर्थिक वर्षको अन्तिम चरणमा हुने कार्यचाप तथा सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै योजना तथा कार्यक्रमको फरफारक र भुक्तानी प्रक्रियालाई प्रभावकारी, व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
साथै, सम्बन्धित शाखाका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नियमित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिम चरणमा हुने कार्यचापलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन सार्वजनिक बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्ने व्यवस्था गरिएको हो।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान
-
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा