logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन

भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन


  • मंगलबार, जेष्ठ २६ २०८३
  • 1.3K
    SHARES

    तनहुँ — भानु नगरपालिकामा कृषकहरूको हकहित संरक्षण तथा कृषि क्षेत्रको विकासका लागि नगरस्तरीय कृषि सञ्जाल गठन गरिएको छ।

    नगरपालिकाभित्रका कृषकहरूको हकहित संरक्षण, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, बजार व्यवस्थापन तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको जनाइएको छ।

    नगरपालिकाका कृषकहरूको भेलाले कुशलचन्द्र अधिकारीको संयोजकत्वमा सञ्जाल गठन गरेको हो। सञ्जालको सह–संयोजकमा रामबहादुर घर्ती, सचिवमा दिपेन्द्र अधिकारी, सह–सचिवमा श्यामकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा विनोदकुमार श्रेष्ठ चयन भएका छन्।

    यस्तै, सदस्यहरूमा रणसिं तामाङ, गणेश ढकाल, मानबहादुर भण्डारी, फणिन्द्र बगाले, सोमप्रसाद शर्मा, कृष्णबहादुर श्रेष्ठ, विष्णुहरि कार्की र चिरञ्जीवी लौडारी रहेका छन्।

    नवनिर्वाचित संयोजक अधिकारीले सञ्जालले कृषकहरूबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार र बजार व्यवस्थापनमा काम गर्ने बताए।

    उनका अनुसार सञ्जालले किसानका साझा समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, कृषि क्षेत्रको विकासमा सहकार्य गर्ने तथा कृषकहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page