तनहुँ — तनहुँको भानु नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यक्रमका लागि नगरपालिकाले बुधबार आवेदन आह्वान गरेको छ। कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई स्वदेशमै उत्पादनमूलक तथा स्वरोजगारका क्षेत्रमा उपयोग गर्नु रहेको नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार विदेशबाट फर्किएका युवालाई उद्यममा आबद्ध गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले फर्किएका युवाको सीप, रुचि, उद्यम गर्ने इच्छा र स्थानीय बजारको मागका आधारमा योजना तयार गर्ने जनाएको छ।
कार्यक्रममा सहभागी हुन भानु नगरपालिकाका स्थायी बासिन्दा तथा वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्तिले असार ९ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदनसँगै निवेदन, राहदानीको प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यक्रमको तयारी तथा कार्यविधि निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण