तनहुँ — तनहुँको भानु नगरपालिकामा ८८ जना गर्भवती महिलालाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ।
सामाजिक विकास कार्यक्रमअन्तर्गत भानु नगरपालिकाको समन्वय र सानिमा बैंकको आर्थिक सहयोगमा बिहीबार खाद्यान्न वितरण गरिएको हो।
पहिलो चरणमा वडा नम्बर १ देखि ६ सम्मका गर्भवती महिलालाई सम्बन्धित वडामै पुगेर पोषणयुक्त खाद्यान्न उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार गर्भवती महिला र गर्भस्थ शिशुको पोषण अवस्था सुधार गर्दै आवश्यक पोषणमा पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठी, स्वास्थ्य शाखा प्रमुख भट्टराई, सानिमा बैंकका प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका प्रतिनिधि तथा दमौली शाखा प्रमुखलगायतको सहभागिता थियो।
नगरप्रमुख त्रिपाठीले गर्भवती महिला र बालबालिकाको पोषण सुधारका लागि नगरपालिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै यस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण