तनहुँ — तनहुँको भानु नगरपालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी छातीसम्बन्धी रोगको खोजपड्ताल अभियान सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले जेठ ७ गते भानु नगरपालिका–३ स्थित भानु स्वास्थ्य चौकीमा एआई एक्सरे मेसिनसहित विशेष स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। शिविरमार्फत क्षयरोग (टिबी) तथा छातीसम्बन्धी अन्य रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार परम्परागत एक्सरेको तुलनामा एआई प्रविधिले छातीका रोग पहिचान गर्न थप प्रभावकारी सहयोग गर्ने भएकाले नगरपालिकाले उक्त प्रविधि प्रयोगमा ल्याउन लागेको हो।
नगरपालिकाका अनुसार शिविरमा विशेषगरी विगतमा क्षयरोग भएका व्यक्ति, हाल उपचाररत बिरामीका परिवारका सदस्य, इँट्टाभट्टालगायत जोखिमयुक्त क्षेत्रमा काम गर्ने मजदुरलाई प्राथमिकता दिइनेछ।
यस्तै, अत्यधिक धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, उच्च रक्तचाप, एचआईभी/एड्सजस्ता दीर्घरोग भएका तथा दुई साताभन्दा लामो समयदेखि खोकी लागेका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणका लागि शिविरमा सहभागी हुन आग्रह गरिएको छ।
नगरपालिकाले एआई एक्सरेबाट निस्कने विकिरणले गर्भस्थ शिशुमा असर पर्न सक्ने भएकाले गर्भवती महिलालाई भने शिविरमा सहभागी नहुन अनुरोध गरेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी