तनहुँ — तनहुँको भानु नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ उत्पादनमा आधारित अनुदान दिने भएको छ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत नगरभित्र उत्पादन हुने दूधका आधारमा अनुदान उपलब्ध गराउन लागिएको हो।
नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित अनुदानले किसानलाई दुग्ध उत्पादन बढाउन प्रोत्साहन पुग्ने विश्वास गरिएको छ। उनले दूध, माछा, मासु र अण्डा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यअनुसार यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।
अनुदान वितरणका लागि नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले चैत २ गते प्रस्ताव आह्वान गरेको छ। दुग्ध उत्पादक संस्था तथा दुग्ध कारोबार गर्ने सहकारी संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय दुग्ध उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी