गृहमन्त्री सुधन गुरुङले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेक लगायतका संरचनाको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीसँग अन्तरक्रिया गरेका थिए। सो क्रममा उनले प्रहरी कर्मचारीका पिरमर्का, गुनासा तथा कार्यसम्पादनसँग सम्बन्धित विषयमा जानकारी लिएका थिए।
मन्त्री गुरुङले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्ने कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी संगठनभित्र आपसी सहकार्य, अनुशासन र व्यावसायिक आचरणलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले आफ्नो कर्तव्य, जिम्मेवारी र अधिकारको इमान्दारीपूर्वक पालना गर्दै संगठनको उद्देश्यलाई प्राथमिकतामा राख्न तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार निरीक्षणका क्रममा प्रहरी सेवाको गुणस्तर अभिवृद्धि र नागरिकको विश्वास कायम राख्ने विषयमा पनि छलफल भएको थियो।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान
-
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा