काठमाडौं — गोकर्णेश्वर नगरपालिका ले किसानलाई कृषि पेशातर्फ आकर्षित गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ६७ वटा हाते ट्र्याक्टर वितरण गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले वडा नं. ४ स्थित कृषि विकास शाखाको कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई हाते ट्र्याक्टर हस्तान्तरण गरेको हो।
कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा किसानहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक रिसालले कृषिलाई व्यवसायिक, आधुनिक र उत्पादनमुखी बनाउन नगरपालिका निरन्तर लागिरहेको बताए। उनले कृषकको उत्पादन लागत घटाउँदै उत्पादन वृद्धि गर्न यस्ता अनुदानमुखी कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उपप्रमुख सान्नानी लामाले किसानको मेहनत र कृषि उत्पादनले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि कृषकको हितमा विभिन्न सहयोग तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने बताइन्।
नगरपालिकाका अनुसार हाते ट्र्याक्टर वितरण कार्यक्रमले किसानलाई आधुनिक कृषि उपकरण प्रयोग गर्न सहज बनाउने, श्रम लागत घटाउने तथा कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी