काठमाडौं — गोकर्णेश्वर नगरपालिका ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने व्यवस्था गरेको छ।
नगरप्रमुख दीपक कुमार रिसालद्वारा जारी सूचनाअनुसार ४ जीपीए प्राप्त गरेका विद्यार्थीले नगरभित्र सञ्चालित ४५ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये आफूले रोजेको विद्यालयमा निःशुल्क अध्ययन गर्न सक्नेछन्।
नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ।
यस सेवासम्बन्धी थप जानकारीका लागि विद्यार्थी तथा अभिभावकलाई आफूले छनोट गरेको विद्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी