logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

लागू औषधबाट मुक्त व्यक्तिको पुनःस्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा ब्लक बनाउने मेसिन हस्तान्तरण

लागू औषधबाट मुक्त व्यक्तिको पुनःस्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा ब्लक बनाउने मेसिन हस्तान्तरण


  • मंगलबार, जेष्ठ २६ २०८३
  • 1K
    SHARES

    काठमाडौं — गोकर्णेश्वर नगरपालिका ले लागू औषधको कुलतबाट मुक्त भई समाजमा पुनःस्थापनाको प्रयास गरिरहेका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुन्दरीजलस्थित आश्रय समूह लाई ब्लक बनाउने मेसिन हस्तान्तरण गरेको छ।

    नगरपालिकाले आयोजना गरेको कार्यक्रममा लागू औषध प्रयोगकर्ताको पुनःस्थापना, सीप विकास तथा स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिँदै ब्लक उत्पादन मेसिन उपलब्ध गराउनुका साथै नुडल्स बनाउने तालिमसमेत सञ्चालन गरेको हो।

    नगरपालिकाका अनुसार सुधार केन्द्रमा रहेका तथा लागू औषधको कुलतबाट मुक्त हुने क्रममा रहेका व्यक्तिहरूलाई व्यावसायिक सीप प्रदान गरी आयआर्जनसँग जोड्ने लक्ष्यका साथ उक्त सहयोग गरिएको हो। कार्यक्रममार्फत उनीहरूलाई आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

    कार्यक्रममा नगर प्रमुख दीपक रिसालले ब्लक बनाउने मेसिनको प्रयोगबाट सुधार केन्द्रमा रहेका व्यक्तिहरूले निर्माण सामग्री उत्पादन गरी व्यावसायिक रूपमा अघि बढ्न सक्ने विश्वास व्यक्त गरे। उनले सीप, रोजगारी र आत्मनिर्भरतामार्फत लागू औषधको कुलतबाट मुक्त भएका व्यक्तिहरूलाई समाजमा सम्मानजनक रूपमा पुनःस्थापना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page