logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

इन्धन बिक्रीको अवस्था बुझ्न गोकर्णेश्वर नगरपालिकाद्वारा पेट्रोल पम्प अनुगमन

इन्धन बिक्रीको अवस्था बुझ्न गोकर्णेश्वर नगरपालिकाद्वारा पेट्रोल पम्प अनुगमन


  • बिहिबार, असार १८ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं — नेपाल सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको भोलिपल्ट उपत्यकाका केही पेट्रोल पम्पहरूले इन्धन बिक्री वितरण बन्द गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका ले नगरभित्र सञ्चालित पेट्रोल पम्पहरूको अनुगमन गरेको छ।

    नगर प्रमुख दीपक रिसाल नगर प्रहरीको टोलीसहित नगर प्रहरीकै सवारी साधन प्रयोग गरी नगरपालिका क्षेत्रभित्र रहेका ६ वटा पेट्रोल पम्पमा पुगेर स्थलगत अनुगमन गरेका हुन्। अनुगमनको मुख्य उद्देश्य मूल्य समायोजनपछि उपभोक्ताले सहज रूपमा इन्धन प्राप्त गरिरहेका छन् वा छैनन् भन्ने अवस्थाबारे प्रत्यक्ष जानकारी लिनु रहेको थियो।

    अनुगमनका क्रममा नगरभित्रका सबै पेट्रोल पम्प नियमित रूपमा सञ्चालनमा रहेको तथा उपभोक्तालाई पेट्रोल र डिजेलको बिक्री वितरण सहज रूपमा भइरहेको पाइएको नगरपालिकाले जनाएको छ।

    नगर प्रमुख रिसालले उपभोक्तालाई सहज रूपमा सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर निगरानीमा रहने बताउँदै कानुनविपरीत सेवा अवरुद्ध गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page