काठमाडौं — गोकर्णेश्वर नगरपालिका–४ को तालिनचोकमा निर्माण सम्पन्न शिखर शैलीको कृष्ण मन्दिरको नगर प्रमुख दीपक कुमार रिसालले शुक्रबार उद्घाटन गरेका छन्।
नगरपालिकाको ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन नगर प्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष जयराम महत, जनप्रतिनिधिहरू, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले नगरवासीसँग गरेका प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन भइरहेको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक तथा पूर्वाधार विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले स्थानीय सम्पदाको संरक्षण, संवर्द्धन र विकासमार्फत नगरको समग्र समृद्धि हासिल गर्ने अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख सान्नानी लामाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउँदै यस्ता संरचनाले स्थानीय समुदायबीच सामाजिक सद्भाव, सांस्कृतिक पहिचान तथा धार्मिक गतिविधिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त शिखर शैलीको कृष्ण मन्दिरले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय समुदायको सामाजिक तथा सांस्कृतिक जीवनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान