logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गोकर्णेश्वर नगरपालिकाद्वारा मेडिकल शिक्षामा ५० प्रतिशत छात्रवृत्ति, एमबीबीएसमा करिब २१ लाख रुपैयाँसम्म सहयोग

गोकर्णेश्वर नगरपालिकाद्वारा मेडिकल शिक्षामा ५० प्रतिशत छात्रवृत्ति, एमबीबीएसमा करिब २१ लाख रुपैयाँसम्म सहयोग


  • शुक्रबार, असार १९ २०८३
  • 0.9K
    SHARES

    १९ असार, काठमाडौं — गोकर्णेश्वर नगरपालिका ले आफ्ना स्थायी बासिन्दाका सन्तानलाई चिकित्सा शिक्षामा ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन सक्ने प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको निर्णयअनुसार एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले करिब २१ लाख रुपैयाँसम्म छात्रवृत्ति प्राप्त गर्नेछन्। त्यस्तै, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी एमआईटी र बीएस्सी ल्याब मेड अध्ययनका लागि पनि अध्ययन शुल्कको ५० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ।

    नगर प्रमुख दीपक कुमार रिसालले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि जेहेन्दार विद्यार्थीले डाक्टर बन्ने सपना त्याग्न नपरोस् भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको बताए। उनले शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका साथै स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    छात्रवृत्तिको सुविधा गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाका सन्तानका लागि मात्र लागू हुनेछ। यसका लागि विद्यार्थी वा अभिभावकको नागरिकता वा मतदाता परिचयपत्र गोकर्णेश्वर नगरपालिकाभित्रकै भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

    नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विगतदेखि नै विभिन्न छात्रवृत्ति तथा सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ। चिकित्सा शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको यो व्यवस्था स्थानीय तहबाट शिक्षा क्षेत्रमा गरिएको महत्वपूर्ण लगानीका रूपमा हेरिएको नगरपालिकाको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page