logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गोकर्णेश्वर नगरपालिकाद्वारा एसईईमा ४ जीपीए ल्याउने छात्रा ल्हाक्पा शेर्पा सम्मानित

गोकर्णेश्वर नगरपालिकाद्वारा एसईईमा ४ जीपीए ल्याउने छात्रा ल्हाक्पा शेर्पा सम्मानित


  • मंगलबार, बैशाख २९ २०८३
  • 70
    SHARES

    काठमाडौं — गोकर्णेश्वर नगरपालिका ले सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने चामुण्डा माध्यमिक विद्यालय, जोरपाटीकी छात्रा ल्हाक्पा शेर्पालाई सम्मान गरेको छ।

    नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख दीपक कुमार रिसालले छात्रा शेर्पालाई सम्मान गर्दै उनले नर्सिङ विषय अध्ययन गर्न चाहे पूर्ण छात्रवृत्ति उपलब्ध गराइने घोषणा गरे।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली, शिक्षा शाखा प्रमुख वीरबहादुर खड्का, विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले नगरपालिकाले यस वर्ष सञ्चालन गरेको ग्रेड अभिवृद्धि कक्षाले सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उनले आगामी शैक्षिक सत्रदेखि ग्रेड अभिवृद्धि कक्षालाई थप प्रभावकारी बनाउँदै ६ हप्तासम्म सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सम्मानित छात्रा ल्हाक्पा शेर्पाले नगरपालिकाले सञ्चालन गरेको ग्रेड अभिवृद्धि कक्षाबाट अध्ययन र परीक्षाका विभिन्न प्राविधिक पक्ष सिक्ने अवसर प्राप्त भएको बताइन्। उक्त कक्षामा सहभागिता जनाएकै कारण आफूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनको भनाइ थियो।

    नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page