गोरखा — प्रदेश अस्पताल गोरखा मा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे लाई एक समारोहबीच स्वागत गरिएको छ।
मिति २०८३ असार ६ गते आयोजित कार्यक्रममा मन्त्री पाण्डेले प्रदेश अस्पताल गोरखाले नागरिकलाई प्रदान गर्दै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा मन्त्री पाण्डेले अस्पतालका विभिन्न सेवा इकाइहरूको अवलोकन गर्दै स्वास्थ्य सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकाससम्बन्धी जानकारी लिएका थिए। उनले सेवाको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक सुधार र विस्तारका विषयमा अस्पताल प्रशासनसँग छलफलसमेत गरेका थिए।
कार्यक्रम प्रदेश अस्पताल गोरखा अस्पताल व्यवस्थापन समिति का अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले स्वागत मन्तव्यसहित अस्पतालले प्रदान गर्दै आएको सेवा, उपलब्धि तथा भावी योजनाबारे प्रस्तुतीकरण गरेका थिए।
प्रदेश अस्पताल गोरखाले प्रदेशवासीलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ सेवा विस्तार तथा पूर्वाधार विकासका कार्यलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी