गोरखा — गोरखाका व्यवसायीलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा परिवर्तित करसम्बन्धी जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गोरखा उद्योग वाणिज्य संघको आयोजनामा तथा चितवन उद्योग वाणिज्य संघ र GIZ को सहकार्यमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को बजेट, मूल्य अभिवृद्धि कर (भ्याट) र परिवर्तित करसम्बन्धी प्रशिक्षण दिइएको हो।
कार्यक्रममा करिब ९० जना उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो। सहभागीलाई GIZ का प्रतिनिधि नवीनलाल श्रेष्ठ र स्रोत व्यक्ति विमान कार्कीले बजेटका नयाँ व्यवस्था, करसम्बन्धी कानुनी प्रावधान तथा करदाताले पालना गर्नुपर्ने प्रक्रियाबारे सहजीकरण गरेका थिए।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रीय सदस्य सुमन श्रेष्ठको प्रमुख आतिथ्यता तथा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, गोरखा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अस्मक श्रेष्ठ, महासचिव चन्दनबाबु खत्री, निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पूर्वअध्यक्ष अच्युतलाल श्रेष्ठलगायत उद्योगी–व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
गोरखा उद्योग वाणिज्य संघले व्यवसायीलाई करसम्बन्धी नवीन व्यवस्था, बजेटका प्रावधान र कानुनी दायित्वबारे जानकारी गराई कर अनुपालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु