गोरखा। कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी तथा बागवानी विकास अधिकृत हरिप्रसाद न्यौपानेले पालुङ्टार क्षेत्रमा सञ्चालित व्यावसायिक कागती बगैंचाको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
अनुगमनका क्रममा पालुङ्टार क्षेत्रमा कागती खेतीको क्षेत्र विस्तार उत्साहजनक रहेको र कृषकहरू व्यावसायिक कागती उत्पादनप्रति आकर्षित भएको पाइएको छ। निरीक्षणका अवसरमा प्राविधिक टोलीले कागती खेतीमा दीर्घकालीन उत्पादन वृद्धि गर्न बगैंचा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।
वरिष्ठ कृषि विकास अधिकृत तिवारीले कागती रोपेर मात्र पर्याप्त नहुने उल्लेख गर्दै नियमित काँटछाँट, बोर्डो मिक्स्चर तथा बोर्डो पेष्टको प्रयोग, सन्तुलित मल व्यवस्थापन, समयमै सिँचाइ तथा बगैंचाको समुचित हेरचाहमा विशेष ध्यान दिन कृषकहरूलाई सुझाव दिएका छन्। उचित बगैंचा व्यवस्थापनबाट उत्पादन र गुणस्तर दुवैमा उल्लेखनीय सुधार गर्न सकिने उनले बताए।
कृषि विकास कार्यालय, गोरखाले कागती खेतीको दिगो विकास, उत्पादन वृद्धि तथा कृषकको आम्दानी अभिवृद्धिका लागि आवश्यक प्राविधिक सहयोग, परामर्श तथा स्थलगत अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा