logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

कृषि विकास कार्यालय, गोरखाद्वारा सफल मौरीपालन व्यवसायको स्थलगत अवलोकन तथा प्राविधिक परामर्श

कृषि विकास कार्यालय, गोरखाद्वारा सफल मौरीपालन व्यवसायको स्थलगत अवलोकन तथा प्राविधिक परामर्श


  • मंगलबार, चैत्र ३ २०८२
  • 84
    SHARES

    गोरखा। कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जिल्लामा सञ्चालन भइरहेको व्यावसायिक मौरीपालन व्यवसायको स्थलगत अवलोकन तथा प्राविधिक परामर्श कार्यक्रम सम्पन्न गरेका छन्।

    कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा मेलिफेरा जातको मौरीपालन गर्दै सफल व्यवसाय सञ्चालन गरिरहेका कृषक बाबुराम थापाको मौरीपालन फार्मको अवलोकन गरिएको थियो। अवलोकनका क्रममा कृषक थापाले ८० वटा मौरीघारबाट वार्षिक करिब ६ देखि ७ लाख रुपैयाँ आम्दानी गर्दै आएको तथा उत्पादन भएको अधिकांश मह अनलाइन माध्यममार्फत बिक्री वितरण भइरहेको जानकारी दिएका थिए।

    स्थलगत अवलोकनका क्रममा वरिष्ठ कृषि विकास अधिकृत तिवारीले मौरीपालन व्यवसायलाई पहाडी क्षेत्रको सम्भावनायुक्त कृषि उद्यमका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै आधुनिक व्यवस्थापन, गुणस्तरीय उत्पादन तथा प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। साथै, मौरीपालन व्यवसायमार्फत स्वरोजगार सिर्जना, कृषकको आयआर्जन वृद्धि तथा कृषि उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

    कृषि विकास कार्यालय, गोरखाले मौरीपालन व्यवसायमा आबद्ध तथा इच्छुक कृषकलाई आवश्यक प्राविधिक सेवा, परामर्श तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page