गोरखा। कृषि विकास कार्यालय, गोरखाको आयोजनामा गण्डकी गाउँपालिका–१, कोलडाँडामा सञ्चालन गरिएको १६ हप्ते एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सम्पन्न भएको छ।
भेंडे खुर्सानी (क्याप्सिकम) बालीमा केन्द्रित उक्त पाठशालामा मकैसिंह आईपीएम कृषक पाठशाला समूहका २५ जना कृषक सहभागी रहेका थिए। सहभागीमध्ये २३ जना महिला र २ जना पुरुष रहेका थिए। कार्यक्रमको समापन समारोहमा गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषक पाठशालामार्फत कृषकहरूमा एकीकृत शत्रुजीव व्यवस्थापन, जैविक विषादीको प्रयोग, बाली व्यवस्थापन तथा व्यावसायिक तरकारी खेतीसम्बन्धी ज्ञान, सीप र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले महिला सशक्तीकरणसँगै भेंडे खुर्सानी खेतीको क्षेत्र विस्तार तथा सुरक्षित कृषि उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा भेंडे खुर्सानी बालीमा फूल फुल्ने अवस्थामा परेको असिनापानीका कारण अपेक्षाअनुसार उत्पादन हुन नसकेको जानकारी गराइए पनि पाठशालाबाट प्राप्त ज्ञान र सीपले आगामी उत्पादन तथा बाली व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा कृषक पाठशालामा सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, पाठशालाबाट प्राप्त ज्ञान, सीप तथा प्रविधिलाई व्यवहारमा उतार्दै सुरक्षित, दिगो तथा व्यावसायिक कृषि प्रणालीको विकासमा सक्रिय भूमिका निर्वाह गर्न सहभागी कृषकहरूलाई आग्रह गरिएको थियो।
कृषि विकास कार्यालय, गोरखाले कृषकको क्षमता अभिवृद्धि, सुरक्षित कृषि उत्पादन तथा व्यावसायिक कृषि प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण