गोरखा। कृषि विकास कार्यालय, गोरखाले ग्रामीण पोषण कार्यक्रमअन्तर्गत गण्डकी गाउँपालिका–१, पाङ्गखोला चेपाङ बस्तीका कृषकहरूलाई कृषि उत्पादन सामग्री हस्तान्तरण गरेको छ।
कृषकहरूको माग र स्थानीय आवश्यकता अनुसार स्थानीय बाँस तथा काठको प्रयोग गरी निर्माण गरिएका २० वटा टनेल, थोपा सिँचाइ (ड्रिप इरिगेसन) सेट तथा अन्य आवश्यक कृषि उत्पादन सामग्री कृषकहरूलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले ग्रामीण पोषण कार्यक्रममार्फत पोषण सुधार, बेमौसमी तरकारी उत्पादन प्रवर्द्धन तथा कृषकको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले उपलब्ध गराइएका सामग्रीको प्रभावकारी उपयोग गर्दै व्यावसायिक तरकारी खेती विस्तार गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।
कृषि विकास कार्यालय, गोरखाका अनुसार स्थानीय स्रोत–साधनको उपयोग गरी निर्माण गरिएका टनेल तथा थोपा सिँचाइ प्रणालीले बेमौसमी तरकारी उत्पादन, तरकारी खेतीको क्षेत्र विस्तार तथा पोषण सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यालयले कृषकको उत्पादन क्षमता अभिवृद्धि तथा व्यावसायिक कृषि विकासका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान