logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गोरखामा धानबालीमा मरुवा र गवारो रोगको प्रकोप, कृषि मन्त्रीसहितको टोलीद्वारा स्थलगत अनुगमन

गोरखामा धानबालीमा मरुवा र गवारो रोगको प्रकोप, कृषि मन्त्रीसहितको टोलीद्वारा स्थलगत अनुगमन


  • शनिबार, जेष्ठ २३ २०८३
  • 1K
    SHARES

    गोरखा। गोरखा नगरपालिका–१० र ११ अन्तर्गत दरौंदी तथा सिर्दी फाँटका करिब ४,५०० रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा मरुवा (नेक ब्लास्ट) र गवारो रोगको प्रकोप देखिएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

    अनुगमन टोलीमा गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा. प्रेरणा सेढाई भट्टराई, बाली रोग तथा कीरा विज्ञ सालिकराम अधिकारी, कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर तथा कृषि प्राविधिकहरूको सहभागिता रहेको थियो।

    टोलीले प्रभावित क्षेत्रमा पुगेर धानबालीको अवस्थाको अवलोकन गर्नुका साथै कृषकहरूसँग प्रत्यक्ष छलफल गरी रोगको प्रभाव, क्षतिको अवस्था तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिएको थियो। प्रारम्भिक अवलोकनका क्रममा करिब ९० प्रतिशतभन्दा बढी क्षेत्र रोगको प्रकोपबाट प्रभावित भएको जानकारी प्राप्त भएको छ।

    कृषकहरूले रोग नियन्त्रणका लागि प्रभावकारी प्राविधिक सहयोग, माटो परीक्षण, आवश्यक कृषि सामग्रीको उपलब्धता तथा राहत प्याकेजको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

    अनुगमनका क्रममा कृषि मन्त्री कार्कीले समस्याको वास्तविक कारण पहिचान गरी आवश्यक प्राविधिक अध्ययन तथा प्रयोगशाला परीक्षणका आधारमा रोग नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गरिने बताउनुभयो। साथै, प्रभावित कृषकको हितलाई प्राथमिकतामा राखी सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कृषि विकास कार्यालय, गोरखाले धानबालीमा देखिएको रोगको नियन्त्रण, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका लागि अनुगमन र प्राविधिक सहयोगलाई निरन्तरता दिइने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page