logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

कृषि विकास कार्यालय, गोरखाद्वारा झन्डै पाँच लाख रुपैयाँ बराबरको मौरीपालन सामग्री हस्तान्तरण

कृषि विकास कार्यालय, गोरखाद्वारा झन्डै पाँच लाख रुपैयाँ बराबरको मौरीपालन सामग्री हस्तान्तरण


  • बिहिबार, जेष्ठ २८ २०८३
  • 0.7K
    SHARES

    गोरखा। कृषि विकास कार्यालय, गोरखाले ग्रामीण पोषण सुधार तथा कृषकको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले भीमसेन थापा गाउँपालिका–६, झिङ्गटेस्थित झिङ्गटे मुस्लिम कृषक समूहलाई झन्डै पाँच लाख रुपैयाँ बराबरको मौरीपालन सामग्री हस्तान्तरण गरेको छ।

    गण्डकी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत सञ्चालित कार्यक्रममार्फत समूहलाई गोलासहित ३७ वटा मौरीघार, ३६ वटा खाली मौरीघार तथा मौरीपालनका लागि आवश्यक अन्य सामग्री अनुदानस्वरूप हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले मौरीपालन व्यवसाय ग्रामीण क्षेत्रमा आयआर्जन वृद्धि, पोषण सुधार तथा स्वरोजगार सिर्जनाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उपलब्ध गराइएका सामग्रीको सदुपयोग गरी व्यावसायिक मौरीपालन विस्तार गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।

    कृषि विकास कार्यालय, गोरखाका अनुसार झन्डै पाँच लाख रुपैयाँ बराबरको उक्त अनुदान सहयोगले जिल्लामा मह उत्पादन वृद्धि, मौरीपालन व्यवसाय विस्तार तथा कृषकहरूको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यालयले मौरीपालन व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक परामर्श, क्षमता अभिवृद्धि तथा अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page