logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

बेसीशहर नगरपालिकाद्वारा व्यवसाय दर्ता तथा नवीकरणमा विशेष छुटको व्यवस्था

बेसीशहर नगरपालिकाद्वारा व्यवसाय दर्ता तथा नवीकरणमा विशेष छुटको व्यवस्था


  • बिहिबार, असोज २९ २०८२
  • 98
    SHARES

    लमजुङ। बेसीशहर नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका व्यवसाय तथा संस्थाको दर्ता र नवीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले असोज मसान्तसम्म विशेष छुटको व्यवस्था गरेको छ।

    नगरपालिकाका अनुसार व्यवसाय तथा संस्था नवीकरण गर्दा लाग्ने शुल्कमा १५ प्रतिशत र नयाँ व्यवसाय तथा संस्था दर्ता गर्दा १० प्रतिशत छुट प्रदान गरिनेछ। उक्त सुविधा २०८२ साल असोज मसान्तसम्म लागू रहने जनाइएको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले व्यवसायी तथा उद्यमीलाई समयमै व्यवसाय दर्ता तथा नवीकरण गर्न प्रोत्साहन गर्दै कर प्रणालीलाई नियमित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले छुट योजना लागू गरिएको बताउनुभयो। उहाँले आर्थिक ऐन २०८२/०८३ मा भएको व्यवस्था अनुसार प्रदान गरिएको यस सुविधाको अधिकतम उपयोग गर्न नगरभित्रका सबै व्यवसायी तथा संस्थालाई आग्रह गर्नुभयो।

    बेसीशहर नगरपालिकाले समयमै व्यवसाय दर्ता तथा नवीकरण गर्ने संस्कृतिको विकास, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने तथा कर संकलनलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले उक्त छुट योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page