logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

बेसीशहर नगरपालिकाद्वारा फाइबर तथा सजिलो कपडा झोला उत्पादनसम्बन्धी सीप विकास तालिम सुरु

बेसीशहर नगरपालिकाद्वारा फाइबर तथा सजिलो कपडा झोला उत्पादनसम्बन्धी सीप विकास तालिम सुरु


  • शुक्रबार, असार ५ २०८३
  • 1K
    SHARES

    लमजुङ। ‘उद्यमशीलताको आवश्यकता, लघु उद्यम हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बेसीशहर नगरपालिकाको आयोजनामा फाइबर तथा सजिलो कपडा झोला उत्पादनसम्बन्धी प्राविधिक सीप विकास तालिम तथा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम सुरु भएको छ।

    ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालसँगको सहकार्य तथा वडा नं. २ को समन्वयमा सञ्चालन भएको तालिमको उद्घाटन वडा नं. २ का अध्यक्ष मदन रानाको अध्यक्षता तथा बेसीशहर नगरपालिकाकी निमित्त प्रमुख पद्मा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    उद्घाटन कार्यक्रममा निमित्त प्रमुख गुरुङले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर तथा उद्यमशील बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले सीप, श्रम र उद्यमशीलतालाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि, स्वरोजगार सिर्जना तथा स्थानीय आर्थिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो। तालिमबाट सहभागीहरूले व्यावसायिक ज्ञान र सीप हासिल गरी लघु उद्यम स्थापना तथा सञ्चालनमा सक्षम बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

    बेसीशहर नगरपालिकाका अनुसार तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ। तालिममा सहभागीहरूलाई फाइबर तथा सजिलो कपडाबाट झोला उत्पादन गर्ने आधुनिक प्रविधि, डिजाइन, सिलाइ, गुणस्तर व्यवस्थापन तथा व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।

    तालिममा प्रशिक्षक लक्ष्मी ओली तथा निर्मल तामाङले सहजीकरण गर्नुहुनेछ। कार्यक्रमको सञ्चालन बेसीशहर नगरपालिकाकी मेडपा सहजकर्ता अन्जु रानाले गर्नुभएको थियो।

    बेसीशहर नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रममार्फत स्थानीय स्तरमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page