लमजुङ। बेसीशहर नगरपालिकाले लामो समयदेखि समुदायको स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ।
नगरपालिकाले समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, परिवार नियोजन तथा जनस्वास्थ्य सचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएका स्वयंसेविकाहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो।
सम्मानित हुनेहरूमा चण्डीस्थान स्वास्थ्य चौकीकी लक्ष्मीदेवी गुरुङ, शहरी स्वास्थ्य केन्द्र धुरपुरेकी कौशिला अर्याल तथा बाझाँखेत स्वास्थ्य चौकीकी भगवती रावत रहनुभएको छ।
कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्यालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सेवालाई घरदैलोसम्म पुर्याउन तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले उहाँहरूको समर्पण, इमान्दारिता र सेवाभावप्रति नगरपालिकाको उच्च सम्मान रहेको उल्लेख गर्दै आगामी जीवन सुखद, स्वस्थ र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
उपप्रमुख पद्मा गुरुङले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय स्वास्थ्य प्रणालीका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै समुदायको स्वास्थ्य सुधारमा उहाँहरूले खेलेको भूमिका सधैं स्मरणीय रहने बताउनुभयो।
बेसीशहर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च कदर गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा समुदायमुखी स्वास्थ्य कार्यक्रमलाई आगामी दिनमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान