लमजुङ। बेसीशहर नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा करदातालाई सम्मान गरेको छ। नगरसभाको १८औँ अधिवेशनका अवसरमा उत्कृष्ट योगदान पुर्याएका १२ जनालाई सम्मान गरिएको हो।
नगरपालिकाका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने प्राविधिक कर्मचारीतर्फ कृषि विकास शाखाका नायब प्राविधिक सहायक मिलन श्रेष्ठ, वडा कार्यालयतर्फ वडा नं. ७ का वडा सचिव तथा वरिष्ठ प्रशासन सहायक पूर्णबहादुर भोलन तथा नगरपालिकाका कर्मचारीतर्फ योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका अधिकृत सातौँ शम्भुप्रसाद घिमिरे सम्मानित हुनुभएको छ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वय बाल कल्याण माध्यमिक विद्यालय, भकुण्डेका विष्णुप्रसाद बराल र लक्ष्मी बाल मन्दिर प्राथमिक विद्यालयका सुमित्रा श्रेष्ठलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न विकास आयोजनामध्ये उत्कृष्ट उपभोक्ता समितितर्फ बेसीशहर नगरपालिका–१० स्थित रेडक्रस मेन सडक चोकदेखि आमा समूह भवनसम्म मोटरबाटो स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष वृषबहादुर गुरुङ सम्मानित हुनुभएको छ। त्यस्तै, उत्कृष्ट निर्माण व्यवसायीतर्फ जी.टी. कन्स्ट्रक्सनका प्रोप्राइटर गणेश थापा सम्मानित हुनुभएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा नियमित रूपमा कर दायित्व पूरा गर्ने उत्कृष्ट करदातामध्ये कान्छा सफारी सप्लायर्स तथा ढुवानी सेवाका प्रोप्राइटर बुद्धिप्रसाद घिमिरे, ताल बराही डेन्टल केयर सेन्टर प्रालिका प्रोप्राइटर ज्ञानबहादुर खत्री, अप्सा स्टोर्सका प्रोप्राइटर अलि मियाँ, ब्रदर्स स्टोर्सका प्रोप्राइटर हरिकुमार श्रेष्ठ तथा रोज नर्सरीका प्रोप्राइटर हुमा देवी गुरुङलाई सम्मान गरिएको कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुको उद्देश्य सेवाप्रतिको समर्पण, इमान्दारिता र उत्कृष्ट कार्यसंस्कृतिलाई प्रोत्साहन गर्नु रहेको बताउनुभयो। उहाँले यस्ता सम्मानले सेवा प्रवाह, विकास निर्माण, शिक्षा, व्यवसाय तथा कर संस्कृतिलाई थप प्रभावकारी र उत्तरदायी बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण