लमजुङ। बेसीशहर नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा हासिल गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ को मूल्यांकनअनुसार बेसीशहर नगरपालिकाले लमजुङ जिल्लामा प्रथम स्थान, गण्डकी प्रदेशमा तेस्रो स्थान तथा नेपालभर १६औँ स्थान हासिल गरेको हो। नगरपालिकाले कुल ७६.३० अंक प्राप्त गर्दै उल्लेखनीय प्रगति गरेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको सुशासन, वित्तीय अनुशासन, सेवा प्रवाह, योजना कार्यान्वयन तथा समग्र कार्यसम्पादनलाई आधार मानेर मूल्यांकन गरेको हो।
नगरपालिकाले प्राप्त उपलब्धिलाई निरन्तर सुधार, सुशासन र प्रभावकारी सेवा प्रवाहको परिणामका रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने जनाएको छ।
बेसीशहर नगरपालिकाले यो उपलब्धिले नगरको समग्र प्रशासनिक क्षमता, योजना कार्यान्वयन तथा विकास व्यवस्थापनमा थप ऊर्जा प्रदान गरेको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह