logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

बेसीशहर नगरपालिकाद्वारा ‘कृषि कनेक्ट’ मोबाइल एप सञ्चालनमा, कृषकलाई डिजिटल कृषि सेवाको सुविधा

बेसीशहर नगरपालिकाद्वारा ‘कृषि कनेक्ट’ मोबाइल एप सञ्चालनमा, कृषकलाई डिजिटल कृषि सेवाको सुविधा


  • बिहिबार, बैशाख २४ २०८३
  • 1K
    SHARES

    लमजुङ। बेसीशहर नगरपालिकाले कृषकलाई प्रविधिमैत्री कृषि सेवासँग जोड्ने उद्देश्यसहित ‘कृषि कनेक्ट’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।

    नगरपालिकाका अनुसार “अब कृषि जानकारी, योजना र बजार सबै तपाईंको हातमै” भन्ने नारासहित सुरु गरिएको उक्त एपमार्फत कृषकहरूले कृषि सम्बन्धी जानकारी, बजार पहुँच, मौसम अपडेट, बाली व्यवस्थापन तथा विशेषज्ञ परामर्श सेवा एकै प्लेटफर्मबाट प्राप्त गर्न सक्नेछन्।

    एपमा मल सिफारिस, बाली पात्रो, अनलाइन कृषि बजार, व्यवसाय योजना सहयोग, कृषि लाइब्रेरी, रोग–कीरा व्यवस्थापन, दैनिक मौसम जानकारी तथा कृषि विज्ञसँग अडियो/भिडियो परामर्श जस्ता सुविधा उपलब्ध छन्।

    नगरपालिकाले डिजिटल प्रविधिको प्रयोगमार्फत कृषकलाई छिटो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने तथा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

    उक्त एप Google Play Store मा उपलब्ध रहेको तथा QR कोड स्क्यान गरी पनि डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। नगरपालिकाले सम्पूर्ण कृषकहरूलाई एप डाउनलोड गरी उपयोग गर्न आग्रह गरेको छ।

    बेसीशहर नगरपालिकाले “स्मार्ट कृषि, समृद्ध किसान” भन्ने लक्ष्यसहित कृषि क्षेत्रमा डिजिटल रूपान्तरणलाई निरन्तरता दिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page