लमजुङ। गणतन्त्र दिवस २०८३ को अवसरमा बेसीशहर नगरपालिकाले वडा नं. २ स्थित आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकालाई स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
मिति २०८३/०२/१४ गते आयोजित कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा गुरुङ, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा केन्द्रका सचिव हुमार गुरुङसमेत कार्यक्रममा सहभागी थिए।
हाल उक्त केन्द्रमा ९ जना बालबालिका आश्रित रूपमा बसोबास गर्दै आएका छन्। नगरपालिकाले यस्ता सामाजिक तथा सहयोगमूलक कार्यक्रममार्फत लक्षित वर्गको संरक्षण, शिक्षा तथा समग्र कल्याणमा योगदान पुर्याउँदै आएको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी