तनहुँ। आँबुखैरेनी गाउँपालिकाले पशुधनमा लाग्ने गम्भीर रोग तथा आकस्मिक क्षतिबाट कृषकलाई राहत उपलब्ध गराउने उद्देश्यसहित शतप्रतिशत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कृषकको जीविकोपार्जन तथा आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको पशुधनको संरक्षण र प्रोत्साहन गर्ने लक्ष्यसहित गाउँपालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वडा नं. ४ का १८ जना कृषकलाई रु. २,९६,७००, वडा नं. ५ का ७ जना कृषकलाई रु. १,५०,३०० तथा वडा नं. ६ का १७ जना कृषकलाई रु. २,६५,५०० गरी कुल रु. ७,१२,५०० बराबरको पशु बीमा दाबी भुक्तानी गरिएको छ। उक्त रकम वडा नं. ३, ४ र ५ मा युनाइटेड अजोड इन्स्योरेन्स तथा वडा नं. ६ मा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमार्फत वितरण गरिएको हो।
त्यसैगरी चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि हालसम्म विभिन्न वडाका १३ जना कृषकलाई भैँसी, गाई, गोरु तथा बाख्राको बीमा दाबी बापत रु. ३,१३,५०० बराबरको राहत रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
पशु बीमा कार्यक्रम अन्तर्गत बीमा प्रिमियम शुल्कमध्ये ८० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था रहेको छ भने बाँकी २० प्रतिशत रकम गाउँपालिकाले नै व्यहोर्ने भएकाले कार्यक्रमलाई शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले पशुधन कृषकको आम्दानीको प्रमुख आधार भएकाले समयमै बीमा गरी आकस्मिक क्षतिबाट सुरक्षित रहन कृषकहरूलाई आग्रह गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि कृषक हितका यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण