तनहुँ। आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा तनहुँ जिल्लाभरका स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको छ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको मूल्यांकनअनुसार गाउँपालिकाले १७ वटा सूचकका आधारमा कुल ६७.०७ अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गरेको हो।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यो उपलब्धि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण नागरिकको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आँबुखैरेनी गाउँपालिकाले प्राप्त उपलब्धिलाई सुशासन, सेवा प्रवाह र विकास व्यवस्थापनमा थप सुधारको आधार बनाउँदै अघि बढ्ने जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह