तनहुँ। आँबुखैरेनी गाउँपालिकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको शैक्षिक यात्रा बीचमै नरोकिने उद्देश्यसहित कक्षा ११ र १२ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअन्तर्गत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले कुल ७ लाख ५० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो।
गाउँपालिकाका अनुसार रामशाह माध्यमिक विद्यालयका ४० जना, मित्रता माध्यमिक विद्यालयका ३० जना तथा गाउँपालिका बाहिरका विभिन्न कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यार्थीहरूलाई छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो।
छात्रवृत्ति वितरण गर्दै अध्यक्ष चुमानले शिक्षामा गरिएको लगानीले सभ्य समाज र समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले आर्थिक कारणले कुनै पनि मेहेनती विद्यार्थीको पढाइ रोकिनु नहुनेमा गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष चुमानले संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
गाउँपालिकाले यस किसिमका प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह