तनहुँ। आँबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्लास्तरीय सत्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ तथा तनहुँ फुटबल संघद्वारा आयोजित एन्फा यू–१४ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई सम्मान गरेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष, वडाध्यक्ष, शिक्षा समिति सदस्य, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः रु. २०,०००, रु. १०,००० र रु. ५,००० नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
त्यसैगरी तनहुँ फुटबल संघद्वारा आयोजित एन्फा यू–१४ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई रु. ३०,००० नगदसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष चुमानले विद्यार्थीहरूको खेल क्षेत्रमा देखिएको सफलता प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला तथा प्रदेशस्तरमा नाम राख्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाले खेलकुद क्षेत्रको विकास र विद्यार्थीहरूको प्रतिभा प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण