logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

आँबुखैरेनी गाउँपालिकाले ल्यायो ६४ करोड ८ लाखभन्दा बढीको बजेट

आँबुखैरेनी गाउँपालिकाले ल्यायो ६४ करोड ८ लाखभन्दा बढीको बजेट


  • बिहिबार, असार ११ २०८३
  • 1.8K
    SHARES

    गोरखा:  आँबुखैरेनी गाउँपालिका गाउँ सभाको १९औँ अधिवेशनको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
    बैठकमा सभा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक दुर्गा आर्यालले आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड ८ लाख २ हजार ८४ रुपैयाँ बराबरको बजेट वक्तव्य सभा समक्ष पेश गर्नुभएको हो।
    प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिइएको जनाइएको छ। बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै समृद्ध आँबुखैरेनी निर्माणको लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page