लमजुङ। नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि दोर्दी हिमाल क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटले पर्यटन पूर्वाधार विस्तारसँगै कृषि, जडीबुटी उत्पादन तथा स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले लामो समयदेखि गरिएको पहलले सार्थकता पाउन थालेको बताउँदै विनियोजित बजेटले दोर्दी क्षेत्रको समग्र विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार भेडीगोठमा आधारित पर्यटन प्रवर्द्धन, जडीबुटी खेती विस्तार तथा कृषिपर्यटन विकासको अवधारणालाई अब योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सहज हुने भएको छ।
अध्यक्ष अधिकारीले दोर्दी हिमाल क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र उच्च पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पूर्वाधार विकासका लागि प्राप्त बजेट महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसबाट दोर्दी गाउँपालिका मात्र नभई लमजुङ र गोरखा जिल्लाको पर्यटन, कृषि उत्पादन, जडीबुटी खेती तथा स्थानीय व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो।
उहाँले सरकारको यस निर्णयले क्षेत्रीय आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै बजेट विनियोजनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो।
स्थानीयवासीले पनि दोर्दी हिमाल क्षेत्रमा पदमार्ग, पर्यटकीय पूर्वाधार तथा अन्य आवश्यक संरचनाको विकाससँगै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न सके यस क्षेत्रलाई नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गरेका छन्।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने