logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

दोर्दीमा महिलाका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

दोर्दीमा महिलाका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न


  • सोमबार, चैत्र २ २०८२
  • 1.1K
    SHARES

    लमजुङ। महिलाको नेतृत्व क्षमता, आत्मविश्वास तथा व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यले दोर्दी गाउँपालिकाले आयोजना गरेको दुईदिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ।

    तालिममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, सामाजिक विकास समितिका संयोजक अम्बिका मरहट्टालगायत विभिन्न वडाका महिला सहभागीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागी महिलाहरूलाई सार्वजनिक रूपमा प्रभावकारी ढंगले बोल्ने कला, उद्घोषण गर्ने सीप, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास तथा सञ्चार सीपका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले महिलाको नेतृत्व र सहभागिता बढाउन क्षमता विकासमूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहको विकास र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    उपाध्यक्ष विच्छबहादुर घलेले महिलामा रहेको क्षमता र सम्भावनालाई उजागर गर्न यस्ता तालिम प्रभावकारी हुने बताउँदै सिकेका ज्ञान र सीपलाई समुदायस्तरमा व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

    दुई दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न वडाबाट सहभागी महिलाहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा सामुदायिक गतिविधिमा उपयोग गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page