logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

क्व्होलासोंथार गाउँपालिकाद्वारा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने १२ जना सम्मानित

क्व्होलासोंथार गाउँपालिकाद्वारा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने १२ जना सम्मानित


  • शुक्रबार, असार १२ २०८३
  • 1K
    SHARES

    लमजुङ। क्व्होलासोंथार गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, कर्मचारी सेवा, कला–संस्कृति, पूर्वाधार विकास तथा राजस्व संकलनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने १२ जना व्यक्ति तथा एक वडालाई सम्मान गरेको छ।

    गाउँपालिकाको २०औँ गाउँसभाअन्तर्गत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमाथिको छलफलका क्रममा आयोजित कार्यक्रममा उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान गरिएको हो।

    उत्कृष्ट कर्मचारीतर्फ पशु सेवा शाखाका रुपनारायण चौरसिया र स्वास्थ्य शाखाका मेडिकल अधिकृत डा. सागर थापा सम्मानित हुनुभयो।

    कृषि क्षेत्रतर्फ वडा नं. ६, पसगाउँस्थित प्रगतिशील एकीकृत कृषि फार्मका सञ्चालक होमबहादुर गुरुङ तथा वडा नं. ४, भुजुङस्थित नमुना कृषि तथा पशुपन्छी फार्मका सञ्चालक कुलबहादुर विकलाई सम्मान गरिएको छ।

    शिक्षा क्षेत्रबाट वडा नं. ३, बगुमस्थित घले उत्तरकन्या माध्यमिक विद्यालयका शिक्षक उमलबहादुर विक तथा वडा नं. ९, गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयका शिक्षक प्रकाश उपरकोटी सम्मानित हुनुभएको छ। त्यसैगरी, एसईई–२०८२ मा गाउँपालिकाभित्र सर्वाधिक ३.५४ जीपीए हासिल गर्ने वडा नं. १, बाग्लुङपानीकी शेरप लामालाई पनि सम्मान गरिएको छ।

    पूर्वाधार विकासतर्फ वडा नं. ३, घलेगाउँस्थित उत्तरकन्या मन्दिर शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज घले सम्मानित हुनुभएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सर्वाधिक राजस्व संकलन गरी आन्तरिक आय अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै वडा नं. ६, पसगाउँलाई **‘उत्कृष्ट राजस्व संकलन वडा’**का रूपमा सम्मान गरिएको छ।

    कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएबापत गुरुङ चलचित्र निर्देशक तथा कलाकार कमलबहादुर गुरुङ, लोकसंस्कृति अनुसन्धान तथा संरक्षणमा सक्रिय तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति गोरे गुरुङ, साथै कलाकार गजेन्द्र गुरुङ (जसबहादुर गुरुङ) लाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

    सम्मानित व्यक्तित्वहरूलाई गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले तथा जनप्रतिनिधिहरूले दोसल्ला, सम्मानपत्र र करकट्टीपश्चात जनही रु. १,००० नगदसहित सम्मान गर्नुभएको थियो।

    गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३८ करोड ९३ लाख ६२ हजार २०५ बराबरको बजेट प्रस्तुत गरिसकेको छ भने गाउँसभामा नीति, कार्यक्रम तथा बजेटमाथि दफावार छलफल जारी रहेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page