logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

क्व्होलासोंथार गाउँपालिकाले रु. ३८ करोड ९३ लाखको बजेट सर्वसम्मत पारित

क्व्होलासोंथार गाउँपालिकाले रु. ३८ करोड ९३ लाखको बजेट सर्वसम्मत पारित


  • आइतबार, असार १४ २०८३
  • 1.2K
    SHARES

    लमजुङ। क्व्होलासोंथार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३८ करोड ९३ लाख ६२ हजार २०५ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

    असार १० र ११ गते सम्पन्न गाउँसभाको २०औँ अधिवेशनले वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको हो।

    पारित बजेटमध्ये चालु खर्चतर्फ रु. २९ करोड ३१ लाख ३४ हजार ८३५ तथा पुँजीगत खर्चतर्फ रु. ९ करोड ६२ लाख २७ हजार ३७० विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

    आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान रु. ७ करोड ५४ लाख, राजस्व बाँडफाँडबाट रु. ७ करोड ७३ हजार, सशर्त चालु अनुदान रु. १७ करोड ५ लाख, सशर्त पुँजीगत अनुदान रु. ७३ लाख तथा समपूरक अनुदान रु. २२ लाख गरी कुल रु. ३३ करोड २७ लाख प्राप्त हुने अनुमान गरिएको छ।

    त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु. ७५ लाख २९ हजार, राजस्व बाँडफाँड रु. ७१ लाख ८५ हजार, समपूरक अनुदान रु. ६० लाख तथा विशेष पुँजीगत अनुदान रु. ४० लाख गरी कुल रु. २ करोड ४७ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाको आन्तरिक स्रोतबाट रु. ४८ लाख ५० हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ भने बाँकी रु. २ करोड ७० लाख ९८ हजार २०५ सञ्चित कोषमा रहेको बैंक मौज्दात तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने उल्लेख गरिएको छ।

    गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्थानीय पूर्वाधार विकास, कृषि तथा पशुपालन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।

    गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page