लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका’ घोषणा गरिएको छ।
मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक सूर्यप्रसाद गुरुङले गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो।
घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले स्वास्थ्य मानव जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै बालबालिकालाई नियमित खोपको पहुँचमा पुर्याउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। उहाँले पूर्ण खोप सुनिश्चितताको अवस्थालाई दीगो बनाउन स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
गाउँपालिकाका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका उमेर समूहका बालबालिकाले समयमै सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, वडा नं. २ का वडाध्यक्ष खुसीमान गुरुङ, प्रशासकीय अधिकृत सुमन पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका तथ्याङ्क अधिकृत सुशील पौडेल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरविन्दकुमार चौधरी, जनस्वास्थ्य कार्यालय लमजुङका कर्मचारी विवेक श्रेष्ठ, गाउँपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका राजु परियारले गर्नुभएको थियो।
क्व्होलासोथार गाउँपालिकाले आगामी दिनमा पनि कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन नदिँदै पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम राख्न आवश्यक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान