लमजुङ । सुन्दरबजार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन तालिम सञ्चालन गरेको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित तीनदिने तालिममा नगरपालिकाभित्रका २८ जना सहभागी भएका थिए।
नगरपालिकाको सभाहलमा सञ्चालन भएको तालिममा प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, प्रशासन शाखा प्रमुख विवेशकुमार पण्डित, रोजगार शाखा प्रमुख प्रजुन सापकोटा, मेड्पाकी मिना महरा, राष्ट्रिय वाणिज्य बैंक सुन्दरबजार शाखाकी प्रमुख सावित्रा केसी तथा ईश्वर अधिकारीले प्रशिक्षण दिनुभएको थियो।
तालिममा सहभागीलाई उद्यम सञ्चालन, व्यवसाय योजना निर्माण, लगानी व्यवस्थापन, बजार व्यवस्थापन तथा उद्यम विकाससँग सम्बन्धित विभिन्न विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार विदेशबाट फर्किएका युवाको सीप, ज्ञान र अनुभवलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा उपयोग गर्दै स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने, साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
तालिमको समापन कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद कोइरालाले वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा हासिल गरेको सीप र अनुभवलाई स्वदेशमै उद्यम व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले उद्यम सञ्चालन गर्न इच्छुक युवालाई स्थानीय सरकारले आगामी नीति तथा कार्यक्रममार्फत आवश्यक सहयोगका कार्यक्रम समेट्ने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रमको सहजीकरण रोजगार संयोजक प्रजुन सापकोटाले गर्नुभएको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान